चलचित्र ‘प्रकाश’लाई विभेद गरिएको भन्दै जुम्लाबासी आन्दोलित, जिल्ला प्रशासनमा ज्ञापनपत्र
जुम्लाको परिवेश, रहन सहन, भाषा, संस्कृतिमा आधारित भएकै कारण राजधानीका चलचित्र हलहरुले ‘प्रकाश’लाई शो विभाजनमा बिभेद गरेको भन्दै जुम्लाबासीहरु आन्दोलित भएका छन् ।
आफुहरुको यथार्थ प्रस्तुत गरेको चलचित्रलाई आम नेपालीमाझ पुग्नबाट रोक्ने गलत मनशायले ‘प्रकाश’माथी विभेद गरेको भन्दै उनीहरुले जिल्ला प्रशाशन कार्यलय जुम्लामार्फत सूचना तथा सञ्चार प्रविधी मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड र चलचित्र संघको ध्यानाकर्षण गराएका हुन् ।
कर्णालि माथीको बिभेद अन्त्य गर, ‘प्रकाश’ प्रदर्शनका लागि प्रयाप्त शोहरु देऊ जस्ता नाराहरु लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित भएका जुम्लाबासीहरुले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । उनीहरुले ‘प्रकाश’ माथीको विभेद नरोके थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
‘प्रकाश’ माथीको विभेद आफुहरु माथीको विभेद हो भन्दै स्वतस्फूर्त रुपमा जुम्लाबासीहरु प्रतिकारमा उत्रिएको चलचित्र ‘कालोपोथी’का निर्माता समेत रहेका स्थानिय अनुप थापाले जनाएका छन् । ‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको भन्दै उनीहरुले जुम्लालाई देशले बझ्न पाउनुपर्ने बताएका छन् । ‘प्रकाश’ कर्णालीको कलाा र संस्कृतिको ऐना भएको थापाको भनाई छ । खस भाषा र जुम्लाको परिवेश भएकै कारण बिभिन्न बहाना देखाएर चलचित्र प्रदर्शनका लागि प्रयाप्त समय नदिइनु जुम्ला माथी काठमाडौंले गरिरहेको विभेदको निरन्तरता भएको उनीहरुको भनाई छ ।
विगतमा निर्देशक दिनेश राउत र कलाकार प्रदिप खड्काको चलचित्रलाई मल्टिप्लेक्सहरुले प्रयाप्त शो दिने गरेको उल्लेख गर्दै कलाकार समेत रहेका स्थानिय धनराज सुनारले ‘प्रकाश’को रिभ्यु राम्रो हुँदा पनि शो कम दिनु भनेको जुम्लामाथी अन्याय भएको बताए । उनले ‘प्रकाश’ले जुम्लाकै सहन सहन देखाएको, कलाकारहरुले त्यहीको भाषा बोलेको, त्यहीको परिवेशमा छायाँकन भएको जस्ता कारणले बिभिन्न बाहाना देखाएर चलचित्रमाथी विभेद गरिएको गुनासो गरे । अन्यथा राम्रो रिभ्यू आएको र दर्शकको समेत डिमाण्ड भएको चलचित्रलाई किन शो कम दिएको भन्दै प्रश्न समेत गरेका छन् ।
त्यसो त जुम्लामा भएको प्रिमियर शोमा चलचित्र हेरेका जुम्लीहरुले समेत ‘प्रकाश’को मुक्त कण्ठले प्रसंसा गरेका छन् । शनिबार साँझ राजधानीमा चलचित्र हेरेका जुम्ली दर्शकहरुले समेत चलचित्र आफुहरुको भोगाईको प्रतिविम्व भएको प्रतिक्रिया दिएका छन् ।
महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
