नृत्य निर्देशक संघको सल्लाहकारमा जोगेन्द्र
नृत्य निर्देशक संघको सल्लाहकारमा जोगेन्द्र केसी नियुक्त भएका छन् । ४१ औँ अन्तराष्ट्रिय नृत्य दिवसको अवसर पारेर नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नृत्य निर्देशक संघ नेपालको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न एक कार्यक्रमका बिच केसीलाई सल्लाहकार नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।
दुई दशक लामो समय देखि नृत्य निर्देशनमा सक्रिय केसीलाई कार्यक्रमको प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उक्त प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् । गत चैत्रमा बसेको कार्यसमिति बैठकको निर्णय अनुरुप केसीलाई सल्लाहकार नियुक्ति गरिएको संघका अध्यक्ष भुवनदास श्रेष्ठले जनाएका छन् । उनले केसी नृत्य क्षेत्रको बिज्ञ भएका कारण सल्लाहकारमा नियुक्त गरिएको समेत जनाए ।
कार्यक्रममा बोल्दै संघका नवनियुक्त सल्लाहाकार केसीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला क्षेत्रको विकासका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताए । यस क्षेत्रको बिकाश, सम्वद्र्धन तथा प्रवद्र्धनको लागि आफ्नो सक्रियता तथा आवद्धता हरेक तवरले हुने उनले प्रतिवद्धता जनाएका छन् । साथै उनले आफुले सधै यस संस्थामा आवद्ध निर्देशकको उज्ज्वल भबिस्य तथा स्थायित्वको लागि उचित सल्लाह सुझाव दिने जिकिर गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री ठकुरीले राष्ट्रिय नृत्य दिवसको थालनी गर्न आफूले पहल गर्ने बताउँदै कला क्षेत्रमा दशकौं योगदान दिने कलाकर्मीहरूको भविष्यको सुनिश्चिता हुनुपर्नेमा जोड दिइन । २०१६ मा स्थापना भएको नृत्य निर्देशक संघको हाल देशभरीमा २१ वटा शाखा छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
