शिब भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन

शिब भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन गरिएको छ । बुधबार राजधानीको कमलादी स्थीत प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बिच एल्बम बिमोचन गरिएको हो । आठवटा भजनहरु संग्रहित गरिएको एल्वममा डा. बिनु बाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संंगीत र मोहन के. राईको एकल स्वर रहेको छ ।
डश म्युजिकले उत्पादन तथा बजार ब्यवस्थापन गरेको एल्बमलाई प्रमुख अतिथी प्राध्यापक तथा बरिष्ठ गीतकार डा. कृष्णहरी बराल सहित बरिष्ठ गायिका संगीता राना प्रधान, बरिष्ठ गीतकार एसपी कोइराला, बरिष्ठ गीतकार चुडामणी देवकोटा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार उपाध्याय, गीतकार अर्याल, बरिष्ठ संगीतकार किरण कंडेल, बरिष्ठ संगीतकार बिष्णु अधिकारी, चर्चित संगीतकार शंकर थापा स्माइल, डश म्युजिकका अध्यक्ष डिपी खनाललगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
एल्मममा समावेश भजनहरुमा बिश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जिव दर्नालको संगीत संयोजन रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बरालले गीतकार अर्याल प्राध्यापन पेशामा रहदै बिभिन्न पुस्तकहरु समेत लेखिसकेको स्मरण गर्दै गीतकारका रुपमा पनि आफुले उत्तिकै अब्बल पाएको बताए । भक्ति भावलाई उत्कृष्ठ ढंगले शब्दहरुमा बुन्न सफल भएको भन्दै उनले एल्बममा समावेश गीतहरुले भगवान प्रतिको महिमा थप बढाउने बिश्वास लिए । यस्तै १२ वर्ष पहिले नै भक्ति संगीत प्रतियोगीतामा प्रथम भएर सांगीतिक क्षेत्रमा आएका योगेन्द्रले अर्यालका शब्दहरुमा प्राण भरेको उनको भनाई छ । उनले योगेन्द्रमा संगीतको सैद्धान्तिक र ब्यवहारिक दुबै ज्ञान भएको कारण पनि एल्बममा समावेश गीतहरु उत्कृष्ट बनेको जनाए ।
यस्तै संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले आफुले भगवानमा आस्था नराख्ने भएपनि यो एल्वममा समावेश गीतहरु सुन्दा भगवान प्रतिको आस्था जागेको जनाए । एउटा श्रष्टाका लागि सबैभन्दा ठुलो उपलब्धी यही भएको भन्दै उनले योगेन्द्र संगीतकार संघका लागि गौरव रहेको जनाए ।
कार्यक्रममा बोल्दै गीतकार अर्यालले आफु पहिले देखि नै शिब भक्तिमा रहेको सुनाउँदै आफ्ना भजनहरु बारे प्रकाश पारेकी थिइन । यस्तै संगीतकार उपाध्यायले आफुले आफ्ना कृतिहरुलाई दस्तावेजिकरण गर्न अर्यालसँगको सहकार्यमा यो एल्वम तयार पारेको जनाए । उनले आफुले शब्दको भाव अनुसार संगीत सृजना गर्ने कोसिस गरेको बताएका छन् । हाल क्यानडामा रहेका कारण गायक राईले डिजिटल प्रबिधीको प्रयोग गर्दै आफ्नो भनाई राखेका थिए । उनले आफु प्रवासमा रहेर पनि गीतसंगीतमा निरन्तर लागेको भन्दै छिट्टै अर्को एल्वमका साथ भेट्ने बाचा गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी बरालले एल्बममा समावेश गीतहरुको समिक्षा गरेका थिए भने बरिष्ठ संगीतकार सिंह, बरिष्ठ गीतकार कोइराला, डस म्युजिकका अध्यक्ष खनाललगायत बिभिन्न ब्यक्तित्वहरुले एल्बम माथी चर्चा गरेका थिए ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung