चर्चामा ‘ज्वाइँ साब’का कलाकार जितु र नीती
यही असोज २४ गतेबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह चलचित्रवृत्त र दर्शकका लागि ‘हट केक’ हुन् । चलचित्रमा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति चलचित्रको प्रचारप्रसार सामाग्री पोस्टर, टिजर र ‘कसम बत्तीको’ गीत सार्वजनिक भएपछि अहिले सबैको नजर उनीहरुतिरै सोझिएको छ ।
चलचित्रमा जितु र नीति अनुबन्धित भएपछि उनीहरुको जोडी कस्तो बन्ला भन्ने चलचित्रवृत्तसँगै दर्शकमा बढेको जिज्ञासाको समाधान भइसकेको छ । चलचित्रको पोस्टर, टिजर र गीत ‘कसम बत्ती’को रिलिजले चलचित्रप्रति चलचित्रकर्मी र दर्शकको कौतुहलतालाई एक हदसम्म मेटाइसकेको छ ।
अभिनयमा झण्डै दुई दशक बिताइसकेका जितु र चलचित्रवृत्तमा नयाँ अनुहारका रुपमा उदाएकी नीतिको क्यामेष्ट्रीलाई गीत ‘कसम बत्ती’ सार्वजनिक भएपछि यो जोडीलाई सबैले स्वीकारिसकेका छन् । सामाजिक सञ्जाल टिकटकमा यो गीतको चर्चा अहिले अत्याधिक छ । प्रेमभाव दर्शाउने यो गीतमा अहिले जुनसुकै उमेर समूहका मानिसले टिकटक बनाइरहेका छन् ।
चलचित्र निर्माण टिमले प्रचारप्रसार सामाग्रीमा जितु र नीतिलाई बेहुला बेहुलीको गेटअपमा प्रस्तुत गर्दा पोस्टरले राम्रै चर्चा पाएको थियो । पोस्टरमा जितुलाई डोलीमा राखेर कलाकारद्वय हिमेश पन्त र बुद्धि तामाङले बोकेको र जितुको अगाडि नीति बेहुली रुपमा उभिएकी छिन् । यो पोस्टरले पनि चलचित्रको कथावस्तु कस्तो होला भन्ने चासो र कौतुहलता चलचित्रकर्मीसँगै दर्शकमा व्याप्त छ ।
सामान्यतयाः विवाहमा बेहुलीलाई डोलीमा चढाईन्छ । तर यो चलचित्रको पोस्टर, टिजर र गीतमा भने बेहुलालाई डोलीमा चढाईएको छ । चलचित्रका निर्देशक वसन्त निरौला नेपाली चलचित्रमा देखिइरहने कथाभन्दा ‘ज्वाइँसाब’मा फरक कथा दर्शकले हेर्न पाउने बताउँछन् । ‘पोस्टर, टिजर र गीत रिलिज पछि चलचित्रले राम्रो हाइप पाएको छ । प्रमुख कलाकार जितु नेपाल र नीति शाहको गेटअपले पनि चलचित्रप्रति चासो बढाइदिएको छ’, वसन्त भन्छन्, ‘दुवै कलाकारले चलचित्रमा चरित्र अनुसार न्याय दिनुभएको छ ।’
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको चलचित्रमा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम चलचित्रको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
