‘ज्वाइँ साब’मा गोवद्र्धन पण्डित बन्दा यस्तो देखिए जितु
असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ज्वाइँ साब’ले प्रचारलाई तिब्र बनाएको छ । चर्चित हाँस्य कलाकार जितु नेपालको प्रमुख भूमिकामा रहेको चलचित्रको सार्वजनिक पोस्टर, टिजर र गीतले दर्शकमा बेग्लै हाइप बनाइसकेको छ । यही मेसोमा जितुको बुढ्यौली गेटअपको पोस्टर सार्वजनिक गरिएको छ ।
जितु आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोष्टरमा उनलाई गोवद्र्धन पण्डितको रुपमा चित्रण गरिएको छ । जितुलाई बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ । उनको यो गेटअपले चलचित्रमा उनको भूमिका बारे थप कौतुहलता जगाएको छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा वसन्त निरौलाको निर्देशन छ । चलचित्रमा जितुका साथै निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
