ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’को प्रि–प्रोडक्सन सुरु
निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।
यो सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका अलवा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । सिनेमाको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिनेमाको सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए ।
कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ । सिनेमा २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
