चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त
निर्देशक यादव भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ। गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्रको यहि महिनाबाट छायाँकन प्रारम्भ हुने जानकारी दिइयो ।
करिव एक दशक अघि चलचित्र ‘झोला’ निर्देशन गरेर तारिफ पाएका निर्देशक भट्टराई आफुले तेस्रो चलचित्रको निर्देशन गर्दै गर्दा बल्ल यसरि मुहुर्त गर्ने अवसर जुरेको बताए । लेखक कृष्ण धरावासीद्वारा लिखित सतीप्रथाबारे कथा ‘झोला’माथि भट्टराईले बनाएको चलचित्रले समीक्षक र दर्शकबाट तारिफ बटुलेको थियो । चलचित्रको नाम अनुसार ‘झिल्को’ को मार्फत चलचित्रको मुहुर्त गरियो ।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने चलचित्रमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा शिवाकोटी र बाल कलाकार आयुषी ढकालको प्रमुख भुमिका रहनेछ । चलचित्रमा यादवसँगै अरुणदेव जोशी र कवि देवव्रतको संवाद तथा पटकथा रहेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायाँकन, आनन्द अधिकारीको गीत र चण्डी प्रसाद काफ्लेको संगीत रहनेछ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
