चलचित्र ‘झिल्कोः द स्पार्क’को फस्टलुक सार्वजनिक
‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्कोः द स्पार्क’को फस्टलुक सार्वजनिक गरिएको छ । शुक्रबार फष्टलुक सार्वजनिक गर्दै आगामी पुस ५ का लागि प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे चलचित्र बनेको संकेत पोस्टरले गरेको छ ।
चलचित्रमा निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतको पटकथा र संवाद, दीपक बज्राचार्यको छायांकन, निमेश श्रेष्ठको सम्पादन र चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत रहेको छ । सुशीला आचार्य र रामगोपाल थापा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
