Mansara

झरना भन्छिन – नेपाली दर्शकको पहिलो रोजाई नेपाली चलचित्र हुन्छ

२०७८ चैत्र १७
झरना भन्छिन – नेपाली दर्शकको पहिलो रोजाई नेपाली चलचित्र हुन्छ

प्रदर्शन मिति नजिकिएसँगै चलचित्र ‘ए मेरो हजुर ४’ले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ । केही दिनका लागि नायक अनमोल केसीले प्रमोसनबाट छुट्टी लिए पनि निर्देशक झरना थापा र नायिका सुहाना थापा भने प्रमोशनको दौडधुपमा छन् ।

झरना थापा निर्देशित चलचित्र बैशाख १ गतेबाट प्रदर्शनमा आँउदै छ । यो उनी निर्देशित तेस्रो चलचित्र हो । यतिबेला चलचित्रको गीतसंगीत र ट्रेलरले चर्चा पाइरहेको छ । गीतसंगीत र ट्रेलरप्रति दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित निर्देशक थापा चलचित्रले पनि निराश नबनाउने दाबी गर्छिन ।

आफुले चलचित्रलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको उनको भनाई छ । उनले अभिनय करियरमा सिकेका उत्कृष्ट कुराहरु नै निर्देशकका रुपमा प्रयोग गरेको बताउँछिन । नेपाली दर्शकले नेपाली टेष्टकै चलचित्र मनपाराउने बिश्वास ब्यक्त गर्दै उनले हलिउड र बलिउड चललचित्रसँग एउटै मितिमा प्रदर्शन हुन लाग्दा पनि कुनै चिन्ता नभएको जनाइन । उनी नेपाली दर्शकले नेपाली चलचित्रलाई पहिलो प्राथमिताका साथ हेर्नेमा बिश्वस्त छिन । त्यसो त हल सञ्चालकहरु पनि नेपाली चलचित्रकै पक्षमा रहेकोले आफुहरुले हल नपाउन र वा कम शो पाउने भन्ने कुराको पनि डर नभएको उनको भनाई छ ।

उनी चलचित्रको विषय वस्तु र प्रस्तुति अब्बल बनाउन आफु र आफ्नो टिमले गरेको मेहनतले नै चलचित्र राम्रो बनेको बताउँछिन । अनमोल र सुहाना अघिल्लो चलचित्रमा भन्दा अझ बढी निखारिएर आएको झरनाको भनाई छ । उनले अघिल्लो चलचित्रमा भेटेका कमी कमजोरीलाई समेत यो चलचित्रमा सुधार्ने कोसिस गरेको बताइन ।

‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

Mahajatra