फागुन २ बाट पोष्टपोण्ड भयो ‘जेरी अन टप’
फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ पोष्टपोण्ड भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको निर्धारीत समयमा छायांकन नसकिने भएपछि रिलिज स्थगित गरिएको निर्माता सरोज न्यौपानेले बताए ।
तिहार अगाडी काठमाडौंबाट छायांकन सुरु गरिएको चलचित्रको केही दिन अगाडी लुक्ला सेड्युलका छायांकन सकेर अहिले चलचित्रको काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा छायांकन भैरहेको छ । यसपछि चलचित्रको मुस्ताङ र भारतको लद्दाखमा छायांकन गर्ने तयारी भैरहेको निर्माता न्यापानेले जानकारी दिए । चलचित्र भिएफएक्स लगायतका प्राविधिक काममा समय लाग्ने भएकाले फागुन २ को मिति छाड्नु परेको उनको भनाई छ ।
सुयोग गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ केदार घिमिरे (माग्ने बुढा), विपना थापा, भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रमा भुवन र विपनाले अनमोलको बुबा-आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।
चलचित्रको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा लेखन रहेको छ । चलचित्रको संवाद लेखनमा निर्माण टिमले साइग्रेस पोखरेलसँग पनि सहकार्य गरेको छ । चलचित्रको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सघाएका छन् । इश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताको रुपमा रहेका छन् ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने चलचित्रमा उज्जवल जोशीको छायांकन रहने चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
