अनमोल अभिनित ‘जेरीः अन टप’को टिजर सार्वजनिक
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरले सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेम कथाको संकेत गरेको छ ।
सुयोग गुरुङ निर्देशित चलचित्रको टिजरले चलचित्रको कथावस्तु र चरित्र चित्रण स्पष्ट देखाएको छ । टिजरले एड्भेन्चर महसुस गराउँछ भने सम्बन्ध, धोका, संवेदना र ड्रामाले भरिपूर्ण छ । सम्भवत पहिलो पटक होला नेपाली चलचित्रमा सगरमाथा आरोहणको कथा समावेश गरिएको छ ।
टिजरमा अनमोल सहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीलगायतलाई स्थान दिइएको छ । भुवन र अनमोल बाबु–छोराकै भूमिकामा छन् भने, अनमोल, जसिता र आँचलको त्रिकोणत्मक प्रेम देख्न सकिन्छ ।
सरोज न्यौपानेको प्रस्तुति रहेको चलचित्रको पटककथा विश्व तिमिल्सेनाले लेखेका हुन् । तिहार छेकोमा असोज ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्रको छायाँकन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा गरिएको हो । एउटा गीतको छायाँकन भने भारतको जयपुरमा गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
