प्रदीपको ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकन अनुबन्धित
प्रदीप शाहीले निर्देशन गर्न लागेको चलचित्र ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ । निर्देशक शाहीले सामाजिक सञ्जाल मार्फत बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको भन्दै उक्त कुराको जानकारी दिएका हुन् ।
चलचित्रका लागि यसअघि नै अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुनलगायत अनुबन्धित भइसकेका छन् ।
निर्देशक शाहीका अनुसार अनुसार नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको हो । साइन्स फिक्सन जनरामा बन्ने चलचित्रमा बेकनलाई निर्माताका रूपमा पनि साइन गरिएको जनाइएको छ । नेपाली र बेलायती चलचित्रबीचको सम्बन्ध निर्माण गर्ने उद्धेश्यले त्यसो गरिएको जनाइएको छ । जेमी बेकन नेटफ्लिक्स शृंखला ह्वाइट लाइन्स र फिचर चलचित्र ब्राइटन मा रूचाइएका कलाकार छन् ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
