चलचित्र ‘जय हो’ निर्माणको घोषणा
चलचित्र ‘जय हो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
टेक पौरखी राईको निर्देशन रहने चलचित्रमा अर्पण थापा सलोन बस्नेत केकी अधिकारी निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, कबिराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहने छ ।
आगामी चैत्र ५ गतेबाट छायाँकन शुरु हुने चलचित्रको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने चलचित्र आगामी भाद्र ८ गतेबाट प्रदर्शन हुने जनाइएको छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
