चलचित्र ‘जय हो’को पोस्टर सार्वजनिक

२०८० जेष्ठ ३२
चलचित्र ‘जय हो’को पोस्टर सार्वजनिक

चलचित्र ‘जय हो’को पोस्टर सार्वजनिक गरिएको छ । भाद्र ८ गतेबाट प्रदर्शन हुने चलचित्रको बिहिबार दुई वटा पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक दुई पोस्टरमा मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । सार्वजनिक पोष्टरमा समावेश कलाकारहरुको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । 

चलचित्रमा सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।