‘जय हो’ले पायो दर्शकको साथ
रिलिजको पहिलो दिन चलचित्र ‘जय हो’ले दर्शकको सुखद साथ पाएको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रले राजधानीलगायत प्रमुख शहरका मुख्य मल्टिप्लेक्सहरुमा दर्शकको राम्रै साथ पाएको छ । बिहानी शो औसत व्यापार गरेको चलचित्रले दिउसो र साँझका शोमा भने दर्शकहरुको सुखद साथ पाएको छ ।
चलचित्र हेरेका दर्शकह्रुले निराश नबनाएको प्रतिक्रिया दिएका छन् । त्यसो त यसअघि प्रिमियरमा पनि चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो । दर्शकहरुले चलचित्र मन पराएका कारण माउथ पब्लिसिटी अब्बल हुने निर्माण टिमको विश्वास छ । माउथ पब्लिसिटी बलियो भएमा शनिबारबाट दर्शक बढ्न सक्नेछन् ।
काठमाडौंका केही मल्टीप्लेक्सहरुमा दिवा शो करिब हाउसफुल थिए । शुक्रबार दिउँसो दर्शक प्रतिक्रिया चलचित्रका अभिनेता सलोन बस्नेत हलहरुमा समेत पुगेका थिए । पहिलो दिन नै दर्शकहरुको उत्साहजनक साथ र प्रतिक्रियाले उनी प्रफुलित देखिन्थे।
फिल्ममा गरेको मिहिनेत केही हदसम्म सफल भएको उनले महसुस गरेका छन् ।
टेक पौरखी राईको निर्देशन रहेको चलचित्रमा सलोनका साथै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको पनि अभिनय छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी छन् । सौरभ लामाको छायांकन रहेको यो चलचित्रको लेखन सुरेश न्यौपानेले गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
