कलेज केन्द्रित प्रचारमा ‘जय हो’
भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ । चलचित्रको निर्माण टिम अहिले दैनिक जसो कुनै न कुनै कार्यक्रममा सहभागी भएर जय हो प्रचार गरिरहेको देखिन्छ ।
यसैबीच चलचित्रको टिम शुक्रबार विहान चुच्चेपाटी स्थित मनास्लु कलेज पुगेर जय हो प्रचार गरेको छ । कलेजका करिब एक हजार विद्यार्थीमाझ कलाकार सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राईले चलचित्रको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा अभिनेत सलोन बस्नेतले आफ्नै स्वरमा रहेको बिहीबार सार्वजनिक गीत सपनाको वेडिङ्ग गाएर सुनाएका थिए । करिब एक घन्टा चलचित्रको टिमले विद्यार्थीसँग विताएको थियो । निर्माण टिमका अनुसार विद्यार्थीले चलचित्रको बारेमा निकै चासोका साथ टिमसँग अन्तरक्रिया गरेका थिए ।
टेक पौरखी राईको निर्देशन रहेको चलचित्र सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको हो । चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
