Modibeni
Numbari Sun

‘जय हो’लाई अष्ट्रेलियामा ८७ शो

२०८० भाद्र ६
‘जय हो’लाई अष्ट्रेलियामा ८७ शो

शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जय हो’ले अष्ट्रेलियाका चलचित्र हलमा ८७ शो पाएको छ । अष्ट्रेलियाको क्यान्बेरा, तास्मानिया, भिक्टोरियालगायत ८ मुख्य शहरहरुमा चलचित्र प्रदर्शन हुदैछ ।

टेक पौरखी राईले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

Gharjwai