‘जारी’को गीत ‘चरि बस्यो’ सार्वजनिक
उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘चरि बस्यो’ बोलको गीतमा काली प्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ ।
सार्वजनिक गरिएको लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोकलाई प्रस्तुत गरिएको छ । बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको शुक्रबार मात्र ट्रेलर सार्वजनिक गरिएको थियो ।
जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । चलचित्रमा दया र मिरुनाका अलवा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
