‘जारी’को फस्टलुक सार्वजनिक
चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र मगर समुदायको ‘जारी’ प्रथामा आधारित रहेको जनाइएको छ ।
सुरेश मियोङ लिम्बुको कथा रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारको अभिनय छ । पोस्टरमा मध्य पहाडी पृष्ठभूमि छ । दयाहाङ र मिरुना विवाहित दम्पतिको भूमिकामा छन् ।
निर्देशक रामबाबु गुरुङले निर्माण गरेको चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, झुमा लिम्बु र संगम पन्तको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्र २०७७ जेठ २३ मा प्रदर्शनको तयारीमा छ ।

Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
