चलचित्र ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक

२०८२ बैशाख १८
चलचित्र ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक

चलचित्र ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै प्रस्तुत गरिएको छ ।

जेठ २३ मा प्रदर्शन हुने चलचित्रको पोस्टरमा गरिमा शर्मा र सौगात मल्ललाई हाइलाइट गरिएको छ । पोस्टरमा सौगात र गरिमासँगै आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायत कलाकार देखिएका छन् । पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा कमेडी रहेको संकेत गर्छ । 

सिमोश सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘जन्ते बाख्रो’मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र चलचित्र सामाजिक कमेडी कथावस्तुमा आधारित रहेको जनाइएको छ । सन्तोष गौतमको निर्माण रहेको चलचित्रमा प्रदीप भारद्वाजको लेखन, हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन छ ।