विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका चित्रण गरिएको छ ।
विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रको टिजरमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।
भदौ ६ गते रिलिज हुने चलचित्रमा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँगै रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । चलचित्रको असोसियट निर्देशक मनिष राउत हुन् ।
चलचित्रमा भानुभक्त ढकालको लेखन, थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी र चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेका छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
