आठ शहरमा एकसाथ ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक
चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा शहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो ।
काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो ।
निर्माता विमल न्यौपानेले भने – ‘देशभर एकसाथ पब्लिसिटी होस् र चलचित्रलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला शहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ ।’
निर्माण टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । राकेश दहालले डिजाइन गरेको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् । अर्को पोस्टरमा केकी अधिकारी छिन् । दुईवटै पोस्टरले चलचित्रको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।
हिमाल न्यौपानेको निर्देशन रहेको चलचित्र भदौ ६ गते रिलिज हुनेछ । चलचित्रमा विजय , केकी र मिरुना सँगै गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
