भाइटीकामा रिलिज हुने भो ‘जारी २’
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार २ पोस्टर सार्वजनिक गर्दै कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
यसअघि असोज ३ गते चलचित्रको रिलिजको तयारी थियो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएकोले रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ ।
दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा चलचित्रले कथा पस्कने बुझ्न सकिन्छ । चलचित्रका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरु निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । चलचित्रमा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
कवि सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर चलचित्र हो । सो वर्ष चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
