चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान गरेको बुझ्न सकिन्छ ।
ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको निर्माण छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । यहि चलचित्रबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । उनको पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘पसिना’ हो ।
चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र साउन ११ मा रिलिज हुँदैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
