चलचित्र ‘ईश्वर’को पोस्टर सार्वजनिक
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । पोस्टरमा साइकललाई पनि देखाइएको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा चलचित्रको प्रिमियर गरिएको थियो । ‘चलचित्र हेरेका अधिकांश दर्शकका आँखा रसाएका थिए । उनीहरु चलचित्रका हरेक दृश्यमा भावुक बनेका देखिन्थेँ’, निर्देशक गिरीले भने ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । यहि चलचित्रबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । उनको पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘पसिना’ हो ।
चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र साउन ११ मा रिलिज हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
