एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन् – ‘प्रकाश’ नेपाली समाजको जिवन्त चित्र हो
चलचित्र ‘प्रकाश’ हेर्दा पटक पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले बताएका छन् । सोमबार साँझ राजधानीको दरबार सिनेमामा चलचित्र हेरेका पोखरेलले ‘प्रकाश’लाई जिवन्त चित्रका रुपमा व्याख्या गर्दै चलचित्र हेर्दै गर्दा आफु पटक पटक भावुक बनेको जनाएका हुन् ।
चलचित्रको खुलेरै प्रसंसा गरेका पोखरेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै भने – ‘अहिले मुलुकको यथार्थ स्थीतिको एउटा पाटोलाई यसले बोकेको छ । त्यस हिसाबले यो महत्वपूर्ण छ । खासगरि बहुदलिय ब्यवस्थाको पूर्नस्थापना पछि यो मुलुकले जे भोग्नु पर्यो राजनीतिक नारामा, परिवर्तनको नारामा, क्रान्तिकारी रुपान्तरणको नारामा, जे भोग्न पर्यो त्यो भोगाईको एउटा पाटो, सानो अंश यसले देखाएको छ । त्यस हिसावले यो मलाई एकदमै मन पर्यो ।’
माओबादी जनयुद्ध प्रति लक्षित प्रतिक्रिया दिदै पोखरेलले भने – ‘बहुदलिय ब्यवस्थाको पूर्नस्थापना पछि मुलुक नयाँ सम्भावनाको साथमा अघि बढ्दै थियो त्यो सम्भावनालाई अवरुद्ध गर्ने हिसाबले जुन एउटा च्याप्टर ओपन भयो नी त्यो च्याप्टरसँग गासिएका बिकृति बिसंगतिहरु जुन हामीले अहिले पनि भोग्दैछौं त्यसको एउटा चित्र देखिन्छ यसमा ।’ उनले अघि थपे – ‘जनयुद्धको नाममा, परिवर्तनको नाममा जे चिज भयो, अहिले त्यसको कस्तो असर भोग्दैछन् त नेपाली जनताले, नेपाल राष्ट्रले यसको एउटा जिवन्त चित्र हो यो ।’
पोखरेलले समाजमै भएका विषयवस्तुलाई शशक्त ढंगले चलचित्रमा उतारेको भन्दै लेखक र निर्देशकको मुक्त कण्ठले प्रसंसा गरे । यस्तै उनले कलाकारहरुको अभिनय आफुलाई निकै उत्कृष्ट लागेको समेत बताएका छन् ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् । प्रदिप खड्का, दिया मास्के, रेनु योगी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।
चलचित्र दोस्रो सातामा पनि सफलताको साथमा प्रदर्शन भइरहेको छ । माउथ पब्लिसिटी अब्बल हुँदा चलचित्रले दिन प्रतिदिन पिकअप लिइरहेको निर्माण टिमले जनाएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
