‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक
आगामी साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा चलचित्रका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।
राजु गिरी निर्देशित चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको निर्माण छ । लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
