अमेरिकामा ‘ईनास राष्ट्रिय सम्मान’ आयोजना हुने
अमेरिकाको मेरिल्याण्डमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका शाखाले उक्त कार्यक्रम गर्न लागेको हो । ईनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीले अमेरिकामा रहेर विशिष्ट योगदान दिने व्यक्तिलाई विशेष सम्मान र नवप्रतिभालाई प्रोत्साहनस्वरुप राष्ट्रिय सम्मान प्रदान गरिने बताए । ईनासको अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, समाजको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने उनको भनाई छ ।
२१ जुलाईमा मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीस्थित ‘रमादा विन्डहम (१७०० भाम विबर रोड इजउड)मा कार्यक्रम आयोजना हुने छ । समाहरोहमा नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने अध्यक्ष केसीले जनाएका छन् ।
समारोहमा अमेरिका लगायत विश्वभरी छरिएका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका कलाकार, खेलाडी, विभिन्न निकाय र संघसस्थाहरुका प्रतिनिधिको सहभागिता हुने जनाइएको छ।
ईनासले चाड पर्वका अवसरमा विशेष कार्यक्रम, चलचित्र महोत्सव, स्रस्टा सम्मान, अवार्ड, प्रतिभा प्रष्फुटन जस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
२०१२ मा स्थापना भएको इनासको अमेरिका शाखा सन् २०१४ मा खुलेको थियो । अहिले अमेरिकाका मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायतका राज्यमा यसको शाखा विस्तार गरिएको छ ।
ईनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेले अमेरिकाको नेपाली डायस्पोरामा संस्कृति प्रवर्द्धनका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए । समारोहमा सहभागिताको लागि नेपालबाट अतिथि कलाकारलाई समेत निम्तो गरिएको उनले जनाए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
