साम्राज्ञी र जितुको ह्यारी कि प्यारीको छायाँकन सकियो
लण्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशन गर्दै साँढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारी (Harry Ki प्यारी) को इन्ड क्ल्याप गरिएको छ ।
कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई, सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिना लगाएर सुटिङ पुरा गरिएको निर्देशक डा. रिजालले जानकारी गराएका छन् ।
डा. रिजालका अनुसार काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा फिल्मको सुटिङ पूरा गरिएको छ भने सुटिङ कार्य सोचअनुरुप सरल ढंगले सहीरुपमा सफल भएको छ । डा. कपिलले फिल्म पूरै पारिवार बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण गरिएको जानकारीसमेत गराए । एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा दुई दशक लामो अन्तरालपछि निर्माणाधिन फिल्म डा भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेका छन् । डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । फिचर फिल्म भने ह्यारीकि प्यारी उनको डेब्यु फिल्म हो ।
फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकामा छन् । फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए ।
डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको फिल्ममा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
