चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन स्थगित

चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन स्थगित गरिएको छ । असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको पोस्ट प्रोडक्सनमा समय लाग्ने भन्दै प्रदर्शन स्थगित गरिएको हो ।
अभिनेत्री एवं निर्मात्री नीता ढुंगानाले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएकी हुन् । हाल मुम्बईमा पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रको प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै समय लाग्ने बताएपछि निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको उनको भनाई छ ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । अभिनेता अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । अभिनेत्री ढुंगानाको लगानी रहेको चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung