चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक
संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् । दुर्गेश थापा र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा दुर्गेशकै शब्द र संगीत र सुष्मा सुनामको कोरियोग्राफी रहेको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चन्द्र पन्तले निर्देशन गरेको चलचित्रमा हरिहर र नीता सहित ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । अभिनेत्री ढुंगानाको लगानी रहेको चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
