भारतको जी–नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’ हिन्दी संस्करणको ओटीटी अधिकार
चलचित्र ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको ओटीटी अधिकार भारतको प्रतिष्ठित जी नेटवर्कले खरिद गरेको छ । बुधवार साँझ सामाजिक सञ्जालमार्फत अभिनेता हरिहर अधिकारीले सम्झौताबारे सार्वजनिक जानकारी दिएका हुन् ।
नेपाली र दक्षिण भारतीय भाषाहरू बाहेक अन्य भाषाका लागि ओटीटी अधिकार बिक्रिी गरिएको जनाइए पनि आर्थिक पक्ष भने गोप्य राखिएको छ । जी नेटवर्क जस्तो ठूलो प्लेटफर्मले नेपाली चलचित्र खरिद गर्नुले यसको विश्वव्यापीकरणमा सहेत मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
चलचित्रलाई जी नेटवर्क भारतीय च्यानल र ओटीटी प्लेटफर्महरूमा रिलिज गर्नेछ । निता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेकी हुन् । चलचित्रमा निता र हरिहरसँगै रेखा थापा, गजित बिस्ट, प्रशान्त ताम्राकार, बिपना थापा, सरोज खनाल, दक्षिण भारतीय कलाकारहरू ब्रह्मानन्दम, अलि, सुनिल वर्मा, प्रदीप रावत लगायतको पनि अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
