‘ह्रस्व दीर्घ’ले ८ करोड ५२ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी
अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । तेस्रो हप्तामा प्रवेश गरेको चलचित्रले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रसकलेक्सन गरेको थियो । दोस्रो हप्तामा यो चलचित्रले लगभग ३ करोड कलेक्सन गरेको दाबी निर्माण टिमको छ ।
निर्मात्री तथा अभिनेत्री ढुंगानाले शनिबार बिहान फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा चलचित्रको १४ दिनको कमाइ ८ करोड ५२ लाख रहेको उल्लेख छ । अर्थात् दोस्रो हप्तामा चलचित्रले २ करोड ९८ लाख कमाएको छ । ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । यद्यपि, नेपालभर नै राम्रो व्यापार गरेपनि अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा चलचित्रको व्यापार अझै राम्रो छ ।
ह्रस्व दीर्घले नेपालमा मात्रै विदेशमा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्रको विदेश वितरक सेभेन सिज इन्टरटेमेन्टले जनाएको छ । अहिले चलचित्र अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भैरहेको छ । विस्तारै अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा रिलिजको तयारी भैरहेको निर्मात्री नीता ढुंगाना बताउँछिन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित चलचित्रटोग्राफर कवीरलालले खिचेका हुन् ।
चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो चलचित्र तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
