फागनु १६ बाट सर्यो ‘होस्टेल ३’को प्रदर्शन
चलचित्र ‘होस्टेल ३’को प्रदर्शन मिति स्थगित गरिएको छ । यसअघि फागुन १६ गते रिलिज हुने तय भएको चलचित्रको प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको निर्देशक सशान कँडेलले बताए ।
कँडेलका अनुसार, महाशिवरात्रि लक्षित गर्दै फागुन १४ गते अन्य धेरै चलचित्रहरू रिलिज हुने भएकाले दर्शकलाई अन्योल पर्न सक्ने भन्दै रिलिज मिति सारिएको हो । उनले भने, “हामीले मेहनत गरेर बनाएको चलचित्रलाई अन्य चलचित्रसँगको प्रतिस्पर्धामा हाल्न चाहँदैनौँ । त्यसैले दर्शकलाई राम्रो समयमा चलचित्र देखाउनका लागि रिलिज मिति सारिएको हो ।” निर्देशक कँडेलले नयाँ रिलिज मितिबारे चाँडै नै जानकारी गराउने बताएका छन् ।
‘होस्टेल ३’ मा पारस बम, रिहान गिरी, सिम्रन पन्त, पदम तामाङ, हेना नगरकोटी, आशिष घिमिरे जस्ता कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर किशोरीहरूको जीवन र उनीहरूका भविष्यसँग जोडिएका घटनाहरूलाई समेटिएको छ ।
‘होस्टेल’का अघिल्ला दुई भाग दर्शकले निकै रुचाएका थिए । ‘होस्टेल ३’ लाई पनि दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका छन् ।
‘होस्टेल ३’ को रिलिज मिति सरेसँगै फागुन १४ गते रिलिज हुने ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलीली’ जस्ता चलचित्रहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
