‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश
चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित कुल ब्वाय अर्थात् पारस बम अनुबन्धित भएका थिए।
यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए । कँडेलका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको जरुरत रहेको छ ।
यही चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भ्वाइस अफ नेपालको चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । अर्को प्रमुख भूमिकामा अनुबन्ध भएका पदम तामाङ भारतको सिक्किमका चर्चित कमेडी कलाकार हुन् । यस्तै सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन् । उनले यसअघि केही म्युजिक भिडिओ र विज्ञापनमा अभिनय गरेकी छन् ।
निर्देशक कँडेलले यस चलचित्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन् । यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताए ।
माधव शर्माको स्क्रिप्ट रहने चलचित्र सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर कर्ण कार्की हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
