‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने

चलचित्र ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।
यसअघि बनेका होस्टेल र होस्टेल रिटर्न्सलाई सुनिल रावलले बनाएका थिए भने होस्टेल ३ मा उनको लगानी रहने छैन । उनले आफू पनि एक महत्त्वपूर्ण कलाकार रहने गरी सम्मान इन्टरटेन्मेन्टलाई चलचित्र बनाउन अनुमति दिएका छन् । यसअघि वि. सं. २०७६ सालमा निर्माता रावल आफैले निर्देशन गर्ने गरी ‘होस्टेल ब्याक अगेन’ शीर्षकमा तेस्रो भाग बनाउने तयारी गरेका थिए । विविध कारणले उनले चलचित्र बनाएनन् ।
सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा चलचित्र निर्माण गर्नेछ । निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् । निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताए ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal