'हरिबहादुरको जुत्ता' अमेरिकाका ८० पर्दामा रिलिज हुने
नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ । अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन् । उनको चलचित्र वितरणमा यो डेव्यु हो । नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन् । पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर चलचित्रलाई त्यहाँको बक्स अफिसमा रिलिज गर्न लागेको जानकारी दिईसकेको छ ।
उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा चलचित्र रिलिज गर्न लागेको हो । टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा चलचित्र लाग्नेछ ।
त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा चलचित्र रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रलिई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
