‘जारी २’ले छोड्यो भाइटिका, अब कात्तिक २१ मा रिलिज हुने
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । अब यो चलचित्र कात्तिक २१ गतेदेखि प्रदर्शन हुनेछ ।
सुरुमा असोज ३ गते रिलिज हुने भनिएको चलचित्र जेनजी आन्दोलनका कारण प्रचार गर्न नपाएको भन्दै स्थगित गरिएको थियो । मंगलबार मात्र चलचित्रको नयाँ प्रदर्शन मितिका रुपमा कात्तिक ६ गते (भाइटीका)लाई घोषणा गरिएको थियो । यद्यपी बुधबार पुनः प्रदर्शन मिति फेरिएको हो ।
निर्माता रामबाबु गुरुङले बुधबार फेसबुकमा चलचित्रको पोस्टर साँझा गर्दै नयाँ मिति सार्वजनिक गरेका हुन् । उनले सर्वाधिक छलफलपछि प्रदर्शन मिति परिवर्तन गरिएको उल्लेख गरेका छन् । यस अघि नै कात्तिक २१ गतेलाई अर्को चलचित्र ‘मन बिनाको धन’ले प्रदर्शन मिति तय गरिसकेको छ ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रको कथा लिम्बू समुदायको लोकबाजा च्याब्रुङमा आधारित छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन र कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
