हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न, गुरुदेव कामदलाई दीर्घ साधना सम्मान
विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो ।
समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने रङ्ग पत्रकारिता सम्मान बाट पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो । यस्तै नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिम्लसीनालाई सम्मान गरिएको थियो ।
यस्तै युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक वक्ता अर्पण शर्मा, सामाजिक अभियन्ता विकासकुमार दास, नृत्य निर्देशक नारायण रिजाल, छायाँकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनी सम्पादक मनोज परियार, भिडियो निर्देशक कुमार आचार्य र गायक सुरज पौडेललाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री रेग्मीले सम्मान गर्नुभएको थियो ।
यस्तै अवार्डका जुरी वरिष्ठ सङ्गीतकार राजु सिंह र लोक सर्जक इन्द्र जिसीलाई मायाको चिनो प्रदान गरिएको थियो । अवार्ड समारोहमा नृत्य प्रस्तुत गर्ने कलाकार शोभा भण्डारी र बेदबहादुर बुढोथीकोलाई कदर पत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको यो अवसरमा भएको अवार्ड समारोहमा विभिन्न स्रष्टा सर्जकलाई अवार्ड प्रदान तथा आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्नु आफैँमा एकदम राम्रो कार्य भएको प्रमुख अतिथि मन्त्री रेग्मीले बताउनुभयो ।
स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले गतवर्षदेखि सुरु गरेको अवार्ड यस वर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष गणेश सुवेदीले बताउनुभयो । यसपालीको अवार्डमा साहित्यलाई पनि समावेश गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो ।
‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्ड समारोहमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीत साथै साहित्यका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँच बाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।
सञ्चारकर्मी दीपज्योती थापाले सहजीकरण गरेको अवार्ड समारोहमा विमेन्स एराकी अध्यक्ष प्रतिमा राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अवार्ड चुम्न सफल स्रष्टा सर्जक
वर्ष गीतकारको अवार्ड : विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यय
साहित्य
माइत जाने बाटो कविता सङ्ग्रह – सुनिता गिरी
प्रतिघात उपन्यास – रोशन पोखरेल
राष्ट्रिय गीत गायन, तिमी हिँडे बाटो बन्छ – शिशिर योगी
राष्ट्रिय गीत रचना, स्वदेशमै रोजगारी स्वदेशमै बास – केपी शर्मा ओली
राष्ट्रिय गीत रचना, नझुकुन हाम्रा शिरहरू – उत्तम केसी (पपुलर)
राष्ट्रिय गीत सङ्गीतकार, स्वदेशमै रोजगारी स्वेदश मै बास – शान्तिराम राई
बालगीत गायन, म हुँ नेपाली – सफलता श्रेष्ठ
पपगीत गायन, बोल्दैन माटो – डेबिट शंकर
कान्छि आइलभयु – तारावीर पाण्डे (जुरी)
मन पराउछु – नन्द गुरुङ (इनकरेजमेन्ट)
आधुनिक गीत गायिका, पार्यो माया जालैमा – मञ्जु थापा
आधुनिक गीत गायक, घुर घुर – युवराज चौलागाईं
आधुनिक गीत गायक, मायाको खेल – मोहन राई, (पव्लिक च्वाइस)
आधुनिक गीत सङ्गीतकार, कस्तुरी – प्रल्हाद बोगटी
आधुनिक गीत गीतकार, कति माया गर्छौ – अम्बिका गुरुङ
आधुनिक गीत गीतकार, पैशा कै लागि – पुरुषोत्तम बस्नेत (जुरी)
आधुनिक गीत युगल गायन, कस्तरी – सुमन केसी/प्रविशा अधिकारी
आधुनिक गीत सङ्गीत संयोजन, घुरघुर – रिकेश गुरुङ
आधुनिक गीत मोडल पुरुष, पार्यो माया जालैमा – पुष्प खडका
आधुनिक गीत मोडल महिला, कस्तुरी – सुशिला थापा
आधुनिक गीत नृत्य निर्देशक, पार्यो माया जालैमा – सुरेन्द्र बसेल
आधुनिक गीत नृत्य निर्देशक, पूर्वदेखि पश्चिमसम्म – कृष्ण रसाल (पपुलर)
आधुनिक गीत निर्देशक, कति माया गर्छौ – शान थापा
आधुनिक गीत सम्पादन, टारी खेत – राजेश कुमार
आधुनिक गीत छायाँकन, पानी बादलु – अर्जुन तिवारी
आधुनिक गीत नव गायक, गल्ती के भो ? – मनोज केसी
आधुनिक गीत नव गायक, घुम्तीमा रेल – नवराज कलौनी (इन्करेजमेन्ट)
आधुनिक गीत नव गायिका, चाहन्थे म तिमीलाई – सब्बु केसी
आधुनिक गीत नव गायिका, नेपालकै नमुना – टिका भण्डारी (जुरी)
लोकआधुनिक, डाडाघरे साइली – स्वररुपराज आचार्य/लक्ष्मि मल्ल
लोकआधुनिक, बुट्टेचोली – सुमन राई
लोकआधुनिक शब्द, बुट्टेचोली – रामशोभा राई
लोकआधुनिक सङ्गीत, घिन्ताङ घिन्ताङ मादलु – योगेशकाजी
लोकदोहोरी शब्द, पानी पाएपछि – सामना शाह
लोकदोहोरी लय, फुर्के रिवन – ध्रुव विश्को
लोकदोहोरी लय, चस्मा – सुरेश शाही (जुरी)
लोकदोहोरी गायक, मैना – रामचन्द्र चन्द
लोकदोहोरी गायिका, घैयामकै – काव्य आचार्य
लोकदोहोरी मोडल पुरुष, लायौ मोहनी – रमेशचन्द्र सोडारी
लोकदोहोरी मोडल महिला, लुम्ले काडैमा – अनु पराजुली
लोकदोहोरी निर्देशक, झुम्का झलक्कै – गम्भिर विष्ट
लोकदोहोरी छायाँकन, मनपरेको मान्छे – राजेश घिमिरे
लोकदोहोरी सम्पादन, दोहोरीको राजा – निशान घिमिरे
लोकदोहोरी नवगायक, नौतुनाको रेल – रेशम निर्दोष
लोकदोहोरी नवगायिका, लुकी लुकी – कञ्चन परियार
लोकदोहोरी नवमोडल महिला, लाजले छोपेको – जिसु कोइराला
लोकदोहोरी नवमोडल पुरुष, अब बाँकी – अर्जुन कुँवर
लोकदोहोरी नवमोडल, दिप्सन केसी – मैना
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
