अष्ट्रेलियामा हेरिटेज अफ फेसन सम्पन्न

२०७९ पौष ६
अष्ट्रेलियामा हेरिटेज अफ फेसन सम्पन्न

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न भएको छ । आइतबार अष्ट्रेलियाको सिड्नीमा आयोजित शोज अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।

नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प वर्क गरेका थिए । नेपाली पोशाकलाई अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको दाबी सन्तोषको छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निककै मन परेकाले अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् ।