‘मिसिङः केटी हराएको सूचना’को गीत ‘हेर्दै जाउँ’ सार्वजनिक
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ‘हेर्दै जाउँ’ बोलको गीत सार्वजनिक गरिएको छ । पोस्टप्रोडक्सनमा रहेको यो चलचित्रको गीत आइतबार सार्वजनिक गरिएको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर र दीपेन्द्र गौचनको शब्द तथा संगीत छ । गीतमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् ।
चलचित्र आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । निर्देशक दीपेन्द्र गौचन करिब ३२ वर्ष पछि यसै चलचित्रबाट निर्देशनमा फर्केका हुन् । उनले यसअघि ३२ वर्ष अघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए ।
निर्देशक गौचनकै लेखन रहेको चलचित्रमा अमर महर्जनको छायाँकन रहेको छ ।
उनी स्वयं निर्माता रहेको चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । नकिम उद्दिन चलचित्रका कार्यकारी निर्माता हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
