‘हात्तीछाप’को प्रचारका लागि मेला महोत्सवमा सौगात
चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर चलचित्रको प्रचार गरे ।
सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका नायक सौगात मल्लले दर्शकलाई आफ्ना चलचित्रका हिट संवादहरु सुनाएका थिए । यस्तै, कलाकार कमलमणी नेपालले पनि दर्शकलाई हसाँएका थिए । सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको बताएका थिए ।
चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली भन्छन्–‘दर्शकहरु चलचित्रप्रति उत्साहित रहेको पायौं । यसले, हामीलाई निकै खुशी बनाएको छ । हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पुर्वसम्म पुग्नेछौं ।’ नायक सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले चलचित्र र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाई थियो ।
आज चलचित्रकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्दि तामाङ दाङ पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् । चलचित्रको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।
चलचित्र ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
