Harsh
PR Banner

चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक

२०८२ कार्तिक १८
चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले पारिवारिक कथावस्तुमा चलचित्र निर्माण भएको स्पष्ट पार्छ । छोराको विवाहपछि परिवारमा आउँने उतार चढाव ट्रेलरमा देखाइएको छ ।

आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले पारिवारिक चलचित्रको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरेकी छन् । 

चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी चलचित्रमा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।