चलचित्र ‘ह्रस्व दीर्घ’मा यस्तो देखिए हरिहर
अभिनेता हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ’को उनको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक लुक्समा उनलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिरनमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन् ।
निर्माणपक्षले यसअघि कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । प्रेमकथा रहेको यो चलचित्रको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा अभिनेता अधिकारीकै कथा र कविरलालको छायांकन छ ।
अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको चलचित्रमा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रमा केही दक्षिण भारतीय कलाकारको पनि अभिनय छ
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
