डकुड्रामा ‘हामी छौं’को गीत सार्वजनिक
डकुड्रामा ‘हामी छौं (सिजन १)’को गीत ‘यो नजिकको कुरा’को सार्वजनिक गरिएको छ । गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको संगीत छ ।
भिडियोमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ । भिडियोमा दृष्टिविहिनलाई सहयोग गरेको, खेतको रोपाईंलगायतका दृश्य समेटिएको छ ।
सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरुप जङ्ग रायमाझीलगायतको अभिनय छ ।
प्रस्तुतकर्ता बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।
डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
