८ वर्षपछि चलचित्रमा फर्किदै राजेश हमाल
राजेश हमाल झन्डै ८ वर्षपछि चलचित्र अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन् ।
सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’
पछिल्लो पटक चलचित्र ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि चलचित्रमा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने चलचित्रको छायाँकन आगामी भदौ महिनाबाट गर्ने तयारी गरिएको निर्माणपक्षको भनाइ छ ।
निर्देशक दिवाकरले चलचित्रको कथावस्तु मनपराएपछि हमाल आफ्नो चलचित्रमा अभिनयका लागि तयार भएको जनाए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
