अमेरिकाको फेस्टिवलमा नेपाली चलचित्र ‘हल्कारा’ प्रिमियर हुने
नेपाली चलचित्र ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । छनौट भएसँगै फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर पनि हुने छ । अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म चल्ने फेस्टिभलमा यो चलचित्र २३ तारिखका दिन राति ९ बजे प्रिमियर हुनेछ ।
जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने चलचित्रमा महेश त्रिपाठी, बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।
विक्रम सापकोटाले निर्देशन गरेको चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले मिलेर निर्माण गरेका हुन् ।
वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट चलचित्रलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर चलचित्र र ६० बढी लघु चलचित्र प्रदर्शन हुँदैछन् । चलचित्रलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
