Mansara

‘हल्कारा’ र ‘ ‘गड बफेलो’लाई अवार्ड

२०७९ आषाढ १३
‘हल्कारा’ र ‘ ‘गड बफेलो’लाई अवार्ड

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हल्कारा’ले उत्कृष्ट कथानक तर्फको अवार्ड जितेको छ । आइतबार समापन भएको पाँचौं संस्करणमा ‘हल्करा’ का निर्देशक विक्रम सापटकोटाले अवार्ड ग्रहण गरे । यस्तै माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ले उत्कृष्ट डकेमेन्ट्री अवार्ड हात पारेको छ ।

महोत्सवमा नेपाली पानारोमा अन्तर्गत मोहन राई निर्देशित फिचर फिल्म ‘वान नाइट इन काठमाडौँ’ले अवार्ड जितेको छ । महोत्सवको सर्ट फिल्म विधाको पुरस्कार विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ ले अवार्ड हात पारेको छ । 

अमेरिकाको म्यारिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा सम्पन्न महोत्सवमा नेपाल, अमेरिका लगायत विभिन्न १२ देशका ३८  वटा चलचित्र प्रदर्शन भएका थिए । नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा चलचित्र प्रदर्शनपछि निर्माता–निर्देशक तथा कलाकारसँग छलफलसमेत गरिएको थियो ।

 

यस्तो छ बिभिन्न बिधाका बिजेताको विवरण


उत्कृष्ट वृत्तचित्र :‘वृक म्युल’, माइकल ब्राउन ( बेलायत)

उत्कृष्ट कथानक : ‘हल्करा’ले विक्रम सापकोटा (नेपाल) 

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म :‘द इनर ग्लो’, (भेनेजुएला) 

इम्पावरमेन्ट अवार्ड : स्ट्रोंगर’, बेलमाया नेपाली (नेपाल–बेलायत) 

फ्रिडम एक्प्रेसन अवार्ड :‘द स्टाचु’, मोहसेन सालेही फर्द (इरान) 

उत्कृष्ट अनुभवि अवार्ड :फोबिया’ अन्ना क्लारा हर्माेजेनेस फरेरा (ब्राजिल) 

वेस्ट सर्ट न्यारेटिभ : ‘गड बफेलो’ विष्णु कल्पित (नेपाल) 

वेस्ट सर्ट न्यारेटिभ :‘डम्पिप्लङ’ किनकाई याङ (चीन)

उत्कृष्ट मेन्सन अवार्ड : ‘वाइल्ट फायर’ श्याम कार्की, (नेपाल)

Mahajatra