‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक
चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
साउन ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, डेव्यु अभिनेता अखिलेस प्रधान, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ ।
एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र साउन ३० मा रिलिज हुने भनिएको भए पनि ‘साहो’कै कारण १ साता पछाडी सरेको थियो । सम्पादनको काम नसकिएको भन्दै ‘साहो’ भदौ १३ मा पुगेपछि पुनस् ‘हजार जुनीसम्म’ आफ्नै पुरानो मिति अर्गात साउन ३० मा फर्किएको छ ।
विकास राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा विशाल चाम्लिङ्गको कथा, निर्देशक आचार्य र सामिप्यराज तिमिसेनाको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रकी कार्यकारी निर्माता कविता रेग्मी हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
