‘हजार जुनीसम्म’को ‘एमजी रोडैमा’
चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर, राजनराज सिवाकोटीकै शब्द तथा संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानलाई फिचर्ड गरिएको छ । अखिलेस प्रधान ‘हजार जुनीसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् । सिक्कमको एमजी रोडमा छायाँकन गरिएको गीतमा कोरसको अत्याधिक प्रयोग गरिएको छ ।
विशाल चाम्लिङ्गको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । विकाश राज आचार्यको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, दिपाश्री निरौला र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।
विशाल चाम्लिङ्गको कथा रहेको चलचित्रमा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ । चलचित्र श्रावण ३० गतेबाट प्रदर्शन हुने जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
